Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा विवादमा रेशम चौधरी तटस्थ बस्ने


    सोमबार, साउन ११ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी पार्टीकाे आन्तरिक विवादमा  तटस्थ बसेका छन् । 

    चौधरीले आफू कुनै पक्षमा नलागि जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने बताएका हुन् ।

    उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएपछि कारागार प्रशासनले चौधरीलाई आयोगमै उपस्थित हुने अनुमति दिएकाे थियाे । 

    उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो ।  चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । 

    उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार