Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारको सरकारी जग्गा हिनामिना गरेकाे भन्दै नेपाल र भट्टराईविरुद्ध दायर गरेकाे रिट सर्वोच्चद्वारा खारेज


    सोमबार, साउन ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना गरेकाे भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर गरेकाे रिट खारेज गरिदिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाएर छुटकारा दिएको रिटमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले दाबी नपुग्ने भन्दै खारेज गरिदिएको हो ।

    यसविरुद्ध अधिवक्ता बालकृष्ण नेउपाने २९ माघ ०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए । लगत्तै २ फागुन ०७६ मा यो मुद्दालाई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अग्राधिकार दिएको थियो । आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलले गत २ फागुनमा प्रमाण बुझ्ने आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार