Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यादव भन्छन्- ठाकुरले गलत प्रवृत्तिलाई सच्याउँदै आत्मालोचना गरे पार्टीमा समेट्न सक्छाैं


    सोमबार, साउन ११ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले विगतका गलत प्रवृत्तिलाई सच्याउँदै आत्मालोचना गरे उनलाई फेरि पार्टीमा समेट्न सकिने बताएका छन् । 

    यादवले आफ्नाे पक्षमा अत्यधिक बहुमत देखिए पनि आफूहरुले ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतलाई पार्टीबाट हटाउन नचाहेको बताएका छन् । 

    सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने- ‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखिएको छ । हामीले महन्थ जी राजेन्द्रजीहरुलाई घोक्र्याएर हटाउन खोजेको होइन’, यादवले भने, ‘उहाँहरु आफै बाटो बिराएर हिँड्नु भएको छ । हामीले खेदेको होइन । बिराएको बाटो र लिएका गलत नीतिलाई सच्याएर सार्वजनिक रुपमा आत्मालोचना गर्नुभयो भने पार्टीले विचार गर्छ ।’

    उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेकाेमा ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार