Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्र यादवको पक्षमा जसपाको बहुमत जुट्यो, रेशम चौधरी पनि यादवकै पक्षमा


    सोमबार, साउन ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को  आधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरुको हेडकाउन्टका लागि आज उपस्थित हुन निर्देशन दिएको थियो । हेडकाउन्टका लागि जसपाका कार्यकारिणी समितिका सदस्यहरु प्रायः सबै उपस्थित भइसकेका छन् ।

    थुनामा रहेका जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी पनि सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित हुने भएकाक छन् । उनी जेलबाट आयोगमा आउँदैछन् । चौधरीले पनि उपेन्द्र यादवकै पक्षमा सनाखत गर्ने दाबी यादव पक्षले गरेको छ । चौधरीले महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राजपाको तर्फबाट कैलालीमा निर्वाचन जितेका थिए ।

    महन्थ ठाकुरले आजको हेडकाउन्ट रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा आइतबार सुनुवाई भएको थियो । सर्वोच्चले हेडकाउन्ट रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश नदिएपछि आयोगले आज हेडकाउन्ट गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार