Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र महतोलाई मनिष सुमनले छाडे, राजकिशोर यादव पनि उपेन्द्रतिरै


    सोमबार, साउन ११ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टी(राजपा) र हाल जनता समाजवादी पार्टी(जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोलाई उनका निकटस्थहरुले छाड्न थालेका छन् । २ बर्षअघि पीए रविन्द्र चौधरीले नै छाडेका महतोलाई सुरुदेखि साथ दिंदै आएका जसपाका कार्यकारिणी समितिका सदस्य मनिषकुमार सुमनले पनि छाडेका छन् । आज निर्वाचन आयोगमा जसपाको कार्यकारिणी समिति सदस्य र सांसदहरुको हेडकाउन्टमा मनिष सुमनले उपेन्द्र यादवलाई साथ दिएका छन् ।

    सद्भावना, राजपा हुँदै जसपामा पनि महतोसँगै रहेका सुमन पछिल्ला दिनमा अध्यक्ष उपेन्द्र यादवसँग नजिकिएका थिए । आज हेडकाउन्टमा उनी यादवतिर लागेपछि उनले महतोलाई छाडेको पुष्टि भएको छ । जसपा केपी शर्मा ओलीको सरकारमा जाने निर्णयपछि सुमन महतोसँग टाढिएका हुन् ।

    सुमन सद्भावन पार्टीमा महामन्त्री थिए । राजपामा पनि महासचिव थिए । राजपामा ३१ महासचिवमा उनी एक थिए । जसपामा उनी कार्यकारिणी सदस्य छन् ।

    यसैगरी राजपामा अध्यक्षमण्डलका सदस्य रहेका राजकिशोर यादव पनि उपेन्द्रतिरै लागेका छन् । यादव ओली सरकारको अन्तिम कालखण्डमा १२ दिने उद्योगमन्त्री भएका थिए । महन्थ ठाकुर र राजेन्द्र महतोले उनलाई शेरबहादुर देउवालाई भनेर मन्त्री बनाइदिने आश्वासन दिए पनि उनी उपेन्द्र यादवतिरै लागेका छन् । राजकिशोर यादव डा। बाबुराम भट्टराईको पालामा संचार तथा सूचना प्रविधि मन्त्री थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार