Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘मनपरी गर्ने ‘मनाेराेग’ ओलीबाट देउवामा सल्किएछ !’


    सोमबार, साउन ११ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्ति गरेसंगै सामाजिक संजालहरुमा चर्को आलोचना र अनेकौं टीकाटिप्पणी सुरु भएका छन् ।

    निजी विद्यालयका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएसँगै आम जनसमुदायमा समेत प्रश्न उठेको छ । त्यसो त देउवाले यसअघि  पनि गण्डकी प्रदेशमा दलित नेतालाई बाइपास गरेर ठेकदारलाई मन्त्री बनाएको चर्चा चलिरहेकै बेला सङ्घमा पनि घरानियाँ व्यवसायीलाई प्राथमिकता दिइएको भन्दै देउवा सरकारकाे आलोचना भएको हो ।

    यसैबीच, यही बिषयलाई लिएर बरिष्ठ लेखक तथा बिश्लेसक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री देउवामा पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै रोग सल्किएको कटाक्ष प्रकट गरेका छन्।   

    ‘कसैका कुरा नसुनी मनपरी गर्ने मनाेराेग ओलीबाट देउवामा सल्किएछ !’ संग्रौलाले सामाजिक संजालमा टिप्पणी गरेका छन्।

    उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री देउवाले आफूसमेत कांग्रेसका तीन मन्त्री बनाए, सबै एकै जातका, सबै पुरूष । गण्डकी प्रदेशमा दाेबाटे विकलाई मन्त्रीकाे वचन दिएर धाेका दिई अर्कैलाई मन्त्री पद बेचे। यता संघीयमा स्वास्थ्यका व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री बनाए ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार