Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • खगेन्द्र संग्रौलालाई महेश बस्नेतको ‘तह लगाउने’ धम्की, ‘ओली सरको आदेश बमोजिम त होला !’


    सोमबार, साउन ११ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेता महेश बस्नेतले बरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन्। 

    एमाले सांसद एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका बस्नेतले यसअघि पार्टीकै बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । 

    आफूलाई सांसद बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बताएका हुन् । 

    यसअघि शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै लेखक संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

    आफूलाई केपी ओलीको आदेशबमोजिम धम्की आएको समेत उनले उल्लेख गरेका छन्।  ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर !,’ उनले लेखेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार