Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीद्वारा गृहमन्त्री र आइजीपीलाई निर्देशनः निर्मला पन्त हत्याका दोषीलाई चाँडो पत्ता लगाई कारबाही गर्नुस् 


    आइतबार, साउन १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा अहिलेसम्म भएको प्रहरी अनुसन्धानको बारेमा जानकारी लिएका छन् । आइतबार साँझ देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर बालिका पन्तको हत्यामा भएको अनुसन्धानबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री देउवाले चाँडो भन्दा चाँडो दोषीलाई पत्ता लगाएर कारबाही गर्न मन्त्री खाँड र महानिरीक्षक थापालाई निर्देशन दिएका छन् । 

    देउवाले सामाजिक संजालमा पन्तको हत्यामा भएको अनुसन्धानबारे जानकारी लिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले लेखेका छन्–निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु ।’ चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

    २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार