Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले नेपाललाई लक्षित गर्दै भने- अपराधिक कर्म गर्नेकाे पछि किन लाग्नु हुन्छ कमरेडहरू! फर्किनुस्


    आइतबार, साउन १० २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । एमाले अध्यक्ष केपी ओलीले कार्यकर्ताहरूलाई वरिष्ठ नेता माधव कुमार नेपालले अपराधिक कर्मको नेतृत्व गरेकाे भन्दै उनकाे पक्ष छाडेर आफ्नाे पक्षमा आउन आग्रह गरेका छन् । 

    अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने- ‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने,  पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ,आउनुस मिलेर सहकार्य गराैं  । ’ 

    ओलीले माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन ओलीले आग्रह गरेका हुन् ।

    उनले आफ्ना स्वार्थका कारण प्रतिक्रियावादीको षडयन्त्रको अङ्ग बनेर सरकार ढाल्नेहरूले गरेका हरेक गतिविधि छर्लङ्गै देखिएको बताए ।

    ‘आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार