काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सशक्त भूमिका खेलेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीभन्दा शक्तिशाली हुने देखिन्छ ।
प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकारले गरेका राजनीति नियुक्तहरु उल्ट्याइ नयाँ नियुक्तिको तयारी गरिरहदाँ सत्तादेखि राजनीतिक नियुक्तिमा नेता नेपाल पनि हिस्सेदारी बन्नेछन् ।
११ जना राजदूतको नियुक्ति गरेको देउवा सरकारले अब सातवटै मुख्यमन्त्री बर्खास्त गरेर नयाँ नियुक्तिको तयारी गरेको छ ।
सात प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी र नेपाल समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने गठबन्धनका नेताहरुबीच अनौपचारिक सहमति भएको छ । यस्तै राजदूतमा पनि नेपाल समूहले भाग पाउनेछ ।
अझै मन्त्रिपरिषद्मा पनि भाग पाउनेछन् । हालसम्म नेताहरुको भनाइअनुसार नेपाल समूहले ८ जना मन्त्री, २ जना मुख्यमन्त्री, २ जना प्रदेश प्रमुख, ४ जना राजदूतको भाग पाउनेछ । साथै विभिन्न स्थानमा आफ्नो समूहका मान्छेहरुलाई सेटल गराउन सक्ने हैसियतमा नेता नेपाल रहेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका नेता नेपालको माग र समस्या सम्बोधन गर्न देउवा पनि राजी हुने नेताहरु बताउँछन् । गठबन्धनको बैठकमा पनि नेता नेपाललाई राजनीतिक सहजताका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सत्तादेखि राजनीति नियुक्तिसम्मको भागबण्डाको हिस्सेदार बन्दै विभिन्न क्षेत्रमा आफ्नो मान्छेलाई सेटल गराउने स्थामा रहेकाले एमालेकै नेताहरुले नेपाललाई सघाउन सक्छन् ।
यसरी हेर्दा एमाले नेता नेपाल ओलीभन्दा शक्तिशाली बन्ने स्पष्टै देखिन्छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend