Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको दोहोरो नीतिः पार्टीमा एकताको कुरा गर्ने,  महेश बस्नेतहरुलाई सडकमा माधव नेपालबिरुद्ध उतार्ने


    आइतबार, साउन १० २०७८
    830
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकताका लागि दोस्रो तहका नेताहरु लागिरहेका छन् । दोस्रो तहका नेताहरु वार्तामा लागिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवासंघलाई महेश बस्न्नेतले सडकमा उतारेर बरिष्ठ नेता माधव नेपाललाई भौतिक आक्रमणको धम्की दिन लगाएपछि एकताको वातारण नै खल्बलिन पुगेको छ ।

    शनिबार दिउँसो महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा निस्किएको युथफोर्सको जुलुुसमा माधव नेपालका बिरुद्ध अमर्यादित नारा लगाइएका थिए । र, युथफोर्सको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महेश बस्नेतले माधव नेपालबिरुद्ध भौतिक आक्रमणको धम्की दिएका थिए । उनले माधव नेपालबिरुद्ध होइन, माधव नेपाल प्रवृत्ति बिरुद्ध भौतिक आक्रमणको धम्की दिएका थिए । उनले साहित्यकार तथा नागरिक अगुवा खगेन्द्र संग्रौलातर्फ संकेत गर्दै उनलाई चावहिलको भट्टीमा गएर आक्रमण गर्ने धम्की पनि दिएका छन् । संग्रौलाले ओलीले गरेको प्रतिनिधिसभा बिघटनदेखि भ्रष्टाचारका बिरुद्ध लेखमार्फत् खबरदारी गर्दैआएका छन् ।

    महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा युथफोर्सलाई सडकमा उतारेर नेता नेपाल, बुद्धिजीवी वर्गदेखि प्रधानमन्त्री शेरबहादुर देउवालाई धम्की दिन लगाएको बुझाई छ । अध्यक्ष ओलीले एकातिर पार्टी एकताको मीठो कुरा गर्ने र अर्कोतिर महेश बस्नेतको अतिवादी क्रियाकलापलाई पनि अगाडि बढाइरहेको देखिन्छ ।

    बस्नेतका अतिवादी क्रियाकलाप र माधव नेपाललगायतका नेताहरुबिरुद्ध सडकमा नाराबाजी गराउने क्रियाकलापले ओली एकताप्रति इमान्दार छैनन् भन्ने देखाएको छ । पार्टी एकताको वातावरण बनिरहेको बेला सडकमा अमर्यादित नारा लगाउने र भौतिक आक्रमणको धम्की ओलीका निकट नेताहरुले दिएपछि माधव नेपाल चिढिएका छन् ।

    पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले राजा महाराजाले जस्तो आममाफी दिएँ भन्ने र सडकमा महेश बस्नेतहरुलाई उत्तेजक नारा लगाउने क्रम असार २९ यता निरन्तर चलिरहेको छ । ओलीको बालुवाटार-बालकोट महाराजाधिराजको सवारी चलाएजस्तो तामझाम र बार्दली सभापछि महेश बस्नेतहरुले बिरोधको नाममा माधव नेपालको जिउँदै सबयात्रा निकाल्ने र दाहसंस्कार गर्ने जस्तो निकृष्ट र अमर्यादित कार्यसमेत गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार