काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक आक्रमणको चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा युथ फोर्सको घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै पार्टी एकतामा आउन आह्वान गर्दा पनि नेता नेपालले उल्टै अध्यक्षलाई कटाक्ष गरेको भन्दै सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने भन्दै आक्रमणको चेतावनी दिएका हुन्।
‘प्रचण्डको पुच्छर बनेर, शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको विरुद्ध यो (युथ फोर्स) लाग्दैन, माधव प्रवृत्तिको विरुद्ध यो लाग्छ,’ नेता बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस् भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो। मुखले सम्झाउँछौं, मलाई लाग्छ- मुखले सम्झाउँदै काफी हुन्छ। यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीं हातगोडाले पनि सम्झाउनुपर्ने हुनसक्छ।’
यसअघि अध्यक्ष ओलीले ‘आममाफी भयो, अब आउनुस् मिलेर काम गरौं’ भनेपछि वरिष्ठ नेता नेपालले ‘बडामहाराज खुसी हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ, हामी गदगद भयौं भनेर व्यंग्य गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend