Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ‘ढले’ भन्ने प्रचण्डलाई भीम रावलको जवाफ : म ‘ढलेको’ होइन, एमाले ढाल्ने षडयन्त्रका विरुद्ध उभिएको हुँ


    आइतबार, साउन १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले उपाध्यक्ष भीम रावलले आफूले राजीनामा दिएर  एमाले ढाल्ने षडयन्त्रको विरुद्धमा उभिएको बताएका छन् । 

    शनिबार राति सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष रावलले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलो नहुने भन्दै एमाले ढाल्ने षडयन्त्रको विरुद्धमा उभिएको स्पष्ट पारेका छन्। 

    शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावलको राजीनामालाई ‘ढलेको’ बताएसँगै प्रतिक्रिया दिएका रावलले थपेका छन्  ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?’

    यस्तै, नेता रावलले गठबन्धन प्रतिनिधिसभाको पुनःस्थापनाको लागि र त्यस क्रममा देउवालाई प्रधानममन्त्री बनाउन भएको उल्लेख गरेका छन् । जसमा देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधवकुमार नेपालको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको उनले लेखेका छन्।

    ‘कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्’, उनले उल्लेख गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार