काठमाडौं । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक भएको साढे १३ महिनासम्म पनि आधिकारिक क्षेत्रफल घोषणा हुन सकेको छैन । २०७८ असार २९ सम्म प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै नेपालको नयाँ नक्साको आधिकारिक क्षेत्रफल सार्वजनिक गर्नबाट रोकेको खुलासा भएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त भएका ओलीले नयाँ नक्सा सार्वजनिक गरे पनि बढेको क्षेत्रफलसहितको नक्सा सार्वजनिक गर्ने बेलासम्म उनको ‘राष्ट्रवाद’ हिमालको हिउँ गर्मीयाममा पग्लिएजस्तै पग्लिसकेको छ । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित समेटिएको भूमि गाभिएको नयाँ नक्साको आधिकारिक क्षेत्रफल नै सार्वजनिक नगरेको खुलेको छ ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २०७७ कात्तिक ५ गते मध्यरातमा कूटनीतिक मर्यादाविपरित भेट गरेपछि नै उनको ‘राष्ट्रवाद’ को आवरण सर्वाङ्ग भइसकेको हो । बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन ओलीले गोयलसँग भेटघाट गरी भारतको इशारामा चल्न राजी भएकैले नयाँ नक्साको बढेको क्षेत्रफल सार्वजनिक गर्न उनले रोकेको भूमिब्यवस्था मन्त्रालयकै अधिकारीले बताएका छन् ।
तत्कालीन भूमिब्यवस्था, सहकारी गरिबी निवारण मन्त्री पदमा अर्यालले जेठ ७, २०७७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । त्यो नक्सा पास भएपछि नापी विभागले नेपालको नयाँ नक्साको क्षेत्रफलसहितको प्रतिवेदन निकाल्यो । नापी विभागले जीआईएसबाट निकालेको नयाँ नक्सा अनुसार लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको कुल क्षेत्रफल मापन गर्दा १ लाख ४८ हजार ६ दशमलब ६७ वर्ग किमि निकालेर मन्त्रालयमा प्रतिवेदन पठाएको थियो ।
नयाँ नक्सा जारी हुनासाथ क्षेत्रफल मापन गर्न नापी विभागलाई सरकारले निर्देशन दिएको थियो । विभागले नयाँ नक्साको क्षेत्रफल निकालेर २०७७ असोजमै भूमिब्यवस्था मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । तर प्रतिवेदन बुझाएको १४ महिनासम्म पनि नयाँ नक्साको क्षेत्रफल सार्वजनिक गर्ने हिम्मत ‘राष्ट्रवादी’ ओलीले गर्न सकेनन् । भारतलाई खुसी पार्न ओलीले नयाँ नक्साको क्षेत्रफल सार्वजनिक गर्नबाट रोकेको आरोप छ ।
विभागले पठाएको नयाँ क्षेत्रफलसहितको नक्सा मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गरी सार्वजनिक गर्नुपर्ने हो । मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरेपछि नेपालको क्षेत्रफल आधिकारिक रुपमा घोषणा हुनेछ । तर ओलीले मन्त्रिपरिषदमै पेश गर्न नदिई चुच्चे नक्साको क्षेत्रफल नै सार्वजनिक हुनबाट रोकेको भूमि ब्यवस्था मन्त्रालयका अधिकारी बताउँछन् । नाम नबताउने सर्तमा भूमिब्यवस्था मन्त्रालयका अधिकारीले भने–बालुवाटारकै निर्देशनमा क्षेत्रफल सार्वजनिक गर्न रोकिएको हो । नापी विभागले पठाएको नयाँ नक्साको क्षेत्रफलको बिषय गोप्य राखिएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार २०७७ असोजमा नापी विभागले भूमिब्यवस्था मन्त्रालयमा नयाँ क्षेत्रफल जीआइएसबाट निकालेर मन्त्रालयमा पठाएको हो, कात्तिक ५ मा सामन्त गोयलसँग भेटेपछि ओलीले उक्त क्षेत्रफल सार्वजनिक गर्ने कुरामा चासो नै राखेनन् । भूमिब्यवस्था मन्त्रालय ओलीको संकेत बुझेर क्षेत्रफलको बिषयलाई थाँती राखिरहेको छ । पदमा अर्यालपछि शिवमाया तुङवाहाङ्फे र लीला श्रेष्ठ मन्त्री भए, तर कालापानी, लिम्पियाधुरा र लिपुलेकको क्षेत्रफल सार्वजनिक हुन सकेन । थन्किएको थन्कियै छ । चुच्चे नक्सा ल्याउने ओलीले क्षेत्रफल सार्वजनिक गर्न किन रोके त ?
भूमिब्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले कालापानी, लिम्पियाधुरा र लिपुलेकको क्षेत्रफल सार्वजनिक नभएको बताए । उनले भने–‘नापी विभागबाट गएको आसोजमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको क्षेत्रफल समेटिएको प्रतिवेदन पठाइएकोसम्म थाहा छ । । तर विभागको प्रतिवेदन अनुसार क्षेत्रफल सार्वजनिक भने भएको जानकारी छैन ।’
भूमिब्यवस्था मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले अन्तर्राष्ट्रिय सीमा क्षेत्रको विवादित भूमिको क्षेत्रफल सार्वजनिक गर्दा दुवै देशलाई मान्य हुनेगरी गरिनुपर्ने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको बताए ।
नयाँ नक्साको क्षेत्रफलसहितको प्रस्ताव मन्त्रिपरिषदमा प्रस्ताव लैजानु अघि भूमिव्यवस्था मन्त्रालयका सचिव अध्यक्ष रहेको नाप नक्सा समितिले प्रस्ताव पास गर्नुपर्ने हुन्छ । नाप नक्सा समितिले पास गरे पछि मात्र उक्त प्रंस्ताव मन्त्रालयमा लगिने भएको छ । समितिमा नापी विभागका महानिर्देशक सदस्य सचिव हुने व्यवस्था जग्गा नापजाँच नियमावली २०५८ मा गरिएको छ । नियमावली अनुसार नाप जाँच समितिमा कानुन, रक्षा, गृह तथा परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य हुने व्यवस्था छ ।
यसैगरी त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्रमुख पनि उक्त समितिको सदस्य हुने व्यवस्था नियमावलीमा छ । तर नयाँ नक्साको क्षेत्रफलको बारेमा उक्त समितिको बैठक समेत नराखिएको भूमिब्यवस्था मन्त्रालयका अधिकारी बताउँछन् ।
गोयलसँग भेटेपछि ओलीले चुच्चे नक्साको उच्चारण नै गरेनन् । नापी विभागले एक बर्षअघि पठाएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको क्षेत्रफल समेटेर पठाएको प्रतिवेदन सार्वजनिक गर्न रोक्दैआएका ओलीले गोयलसँगको मध्यरातको भेटपछि नक्साको प्रसंग निकाल्नै छाडे । सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त हुने दिन राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले उक्त प्रसंग निकालेका थिए ।
२०७८ बैशाख २ मा नापी विभागको परिसरमा आयोजित डिजिटल प्रविधि ‘मेरो कित्ता’ शुभारम्भ कार्यक्रममा भूमिब्यवस्था सचिव टेकनारायण पाण्डेले चुच्चे नक्साको बारेमा बोले, तर उक्त कार्यक्रमका प्रमुख अतिथि ओलीले आफ्नो सरकारको बखान गर्दा चुच्चे नक्साको उच्चारणसमेत गरेनन् । सचिवले चुच्चे नक्साको बारेमा बोल्दा प्रमुख अतिथिले उच्चारण समेत नगरेकोमा कार्यक्रममा उपस्थित पत्रकारदेखि सहभागीहरुले नै उनको राष्ट्रवादको भेउ पाइसकेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend