काठमाडौं । केपी शर्मा ओली सत्ताबाट बहिर्गनपछि नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले गठन गरेको युथफोर्सले आज माइतीघर मण्डलामा शक्तिप्रदर्शन गरेको छ । आजको युथफोर्सको भेलामा फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने कार्यक्रम छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि शनिबार युथफोर्सले काठमाडौँमा मोटरसाइकल ¥याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।
युवासंघले क्षितिज थेवेको अध्यक्षतामा गठन गरेको युथफोर्सले ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट पुर्याउन जुलुस प्रदर्शन गर्ने र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालका बिरुद्ध जिउँदै सबयात्रा निकाल्ने, दाहसंस्कार गर्ने, बाँदर जुुलुस गर्ने गरेको छ ।
बालकोटमा ओलीलाई पुर्याएपछि युथफोर्सले कोटेश्वरमा नेता नेपालको पुतला दहन गरेको थियो । युथफोर्स जस्तो बाहुबली संगठन गठन गर्नु पार्टीको हितमा नभए पनि ओलीले युथफोर्स गठन गरेपछि माधव नेपाल पक्षले अखिल फोर्स गठन गरेको छ । माधव नेपालले पिपुल्स भोलिन्टियर्स(पीभी) गठन गरी शुक्रबार शक्ति प्रदर्शन गरेपछि युथफोर्सले आज गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend