Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबै सांसदले मन्त्रीको चाहना राखेपछि प्रचण्डलाई तनाव


    शनिबार, साउन ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा (माओवादी) केन्द्रका सबै सांसदहरुले मन्त्री बन्ने चाहना राख्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् । सबै सांसदहरु मन्त्री बन्न खोजेकाले आफू तनावमा परेको पीडा प्रचण्डले सार्वजनिक रुपमा पोखेका छन् ।

    नेकपाका सस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसद नै मन्त्री हुन खोजेको दुखेसो प्रकट गरेका छन् ।  

    माओवादीले पाउने बढीमा ७ मन्त्रीमात्र हो, तर यहाँ ४९ जनालाई नै मन्त्री चाहिएको छ, मन्त्री पाइएन भने नेतृत्वलाई सराप्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्ती झांगिएको छ । नियुक्ति पाए ठीक, अन्यथा नेतृत्वमाथि आक्षेप लगाउने प्रवृत्ति छ । संयुक्त सरकार भएको र संविधानमै २५ भन्दा बढी संख्यामा मन्त्री बनाउन बन्देज छ । तर मन्त्रीका आकांक्षी नेपाली कांग्रेस, माओवादी र जसपामित्र मारामार छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार