Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


    शनिबार, साउन ९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज  बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्दै छ ।

     नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँंग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ । आउँदो भदौ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । कांंग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट शुरु गर्ने गरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार