काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय धर्नाकारीले कब्जा गरेका छन् । नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् ।
नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिद्वारा बाराका हजारौं कार्यकर्ता १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने प्रयास तत्काल रोक्न माग गरिएको छ ।

बाराका १ देखि ४ वटै निर्वाचन क्षेत्रका हजारौं कार्यकर्तालाई क्रियाशील सदस्यताबाट बन्चित गरिएको भन्दै केन्द्रीय कार्यालयमा धर्नामा बसेकाहरुको गुनासो छ ।
नेपाली कांग्रेसले बारा र सप्तरीमा क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी छ । बारा कांग्रेसका नेता राधेचन्द्र यादव र फर्मुल्लाह मन्सुरले पुराना नेता कार्यकर्तालाई पनि क्रियाशील सदस्यताबाट बन्चित गरिएको धर्नाकारीहरुको दाबी छ । तर यादव र मन्सुर पक्षले भने स्थानीय निर्वाचनमा पार्टीलाई हराउन लागेकाहरुलाई अनुशासननको कारबाही गरिएकाले उनीहरुलाई मात्र क्रियाशील सदस्यता नदिइएको दाबी गरेका छन् ।
यादव र मन्सुर पक्षले उनीहरुले १०–२० जना काठमाडौंमा लगेर धर्ना दिएका छन्, धर्नाकै कारण क्रियाशील सदस्यता रोकिए आफूहरु हजारौंको भीड केन्द्रीय कार्यालयमा लगेर देखाइदिने धम्की केन्द्रीय नेताहरुलाई दिइसकेका छन् । यादव र मन्सुर पक्ष पनि केन्द्रीय कार्यालयमा धर्ना दिन आउने तयारीमा छ । अर्को पक्ष पनि आएमा कांग्रेस कार्यालयमा झडप हुने खतरा देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend