Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल भन्छन् : ‘म विशेष धातुले बनेको कम्युनिष्ट हुँ, कसैको धम्की र हर्कतबाट म तर्सिनेवाला छैन’


    शुक्रबार, साउन ८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू विशेष धातुले बनेको कम्यूनिष्ट भएकाले कसैको धम्कि र हर्कतबाट नतर्सिने बताएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली निकटका ब्यक्तिहरुले तर्साउन खोजेको भन्दै वरिष्ठ नेता नेपालले आफू हिडिरहेको सडकमा केही ब्यक्तिहरुले मोटरसाइकलमा बसेर सिठठी फुक्दै मलाई तर्साउन खोजेपनि आफू तर्सिनेवाल नभएकाे बताएका हुन् ।

    पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बाेल्दै नेता नेपालले भने- ‘म विशेष धातुले बनेको कम्यूनिष्ट हुँ, कसैको धम्कि र हर्कतबाट म तर्सिनेवाला छैन ।’

    नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामहिमको संज्ञा दिएका छन् । ‘गल्ती गर्ने ओली माफि दिने पनि ओली’ भन्दै चौतफी विरोध भइरहेका बेला नेता नेपालले ओलीलाई ‘महामहिम’ को संज्ञा दिएका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार