काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरुले विगतको सरकारले विधि र कानून मिच्दा सङ्कट पैदा भएको उल्लेख गर्दै पाँच दलको प्रयास र अदालतको आदेशले मुलुकलाई दिशाहीन अवस्थाबाट निकास दिन सफल भएको बताउनुभएको छ ।
बैठकमा नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकी विधि मिचेर अघि बढेकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बहुमतको सरकार बाहिरिनुपरेको घटना स्मरण गराउनुभयो ।
उहाँले पार्टी विधि र प्रक्रिया मिचेर प्रक्रिया नपअनाइ जान खोज्दा संविधानको रक्षाका लागि दल मिलेर संवैधानिक र राजनीतिक बाटो अपनाउने गरी अघि बढेको पनि बताउनुभयो । उहाँले सत्तामा हुँदा एउटा कुुरा गर्ने र विपक्षमा बस्दा अर्काे कुरा गर्दा त्यसलाई कसैले पनि महत्व नदिने जिकिर लिनुभयो ।
कानूनअनुसार नचल्दा के हुन्छ भन्ने उदाहरणस्वरुप नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको उहाँको भनाइ थियो । विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न नसकेकोप्रति व्याङ्ग्य गर्दै नेता सिंहले बर्तमान सरकारले संविधानको भावना, मर्म र विधिको शासन पालना गरेर आफ्नो कार्य अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रण र खोपका बारेमा विश्वासको मत लिने दिनमा नै प्रतिबद्धता जाहेर गर्दै खोप, खोप र खोप भनेर तेहेर्याउनु भएकाे सन्दर्भ जोड्दै नेता सिंहले प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले वर्तमान सरकारले कोरोना भाइरस जस्तै मुलुकमा फैलिएको भ्रष्टाचारको भाइरसलाई पनि सफलताका साथ नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
संविधानको भावना र मर्मअनुरुप लोकतन्त्रलाई संस्थागत गर्न आएको विधेयक विगतको सरकराले ध्यान नदिँदा थाति रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सहजरुपमा अघि बढाउन पनि अनुरोध गर्नुभयो ।
कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र अग्रपङ्क्तिमा खटिनेको मनोबल बढाउने काममा लाग्न सररकालाई सुझाव दिनुभयो । आर्थिक क्षेत्र चलायमान गराउने सन्दर्भमा नागरिक र दल सबैको विश्वास आर्जन गर्दै नेपाली काँग्रेस भरोसाको पार्टी हो भनेर स्थापित गर्न पनि अनुरोध गर्नुभयो ।
नागरिकले चाहेअनुसारको गतिविधिलाई व्यवस्थापन गर्दै सरकार राष्ट्रिय हितलाई ध्यान राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सन्तुलितरुपमा परराष्ट्र नीति अघि बढाउन पनि अनुरोध गर्नुभएको छ ।
अर्काे सत्तसाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोलप्रसाद गजुरेलले विसं २०४७ को संविधानमा टेकेर दुई/दुई पटक संसद् विघटन गर्दा झण्डै दुई तिहाइको विगतको सरकार बाहिरिएको बताउनुभयो ।
संविधानको भावनाविपरीत कोही पनि जान नपाओस् भनेर संविधानमा नै स्पष्टरुपले दलले सरकार बनाउन नसक्दा बहुमत सदस्य भएपछि प्रधानमन्त्री हुन पाउने व्यवस्था राखिएको कुरालाई जोड दिँदै उहाँले अघिल्लो सरकारले पटकपटक कानून मिचेको आरोप लगाउनुभयो
पहिलो संसद् विघटन हुँदा तत्कालीन पार्टी नेकपामा र संसदीय दलमासमेत छलफल नभएका सन्दर्भ जोड्दै उहाँले प्रतिप्रश्न गर्नुभयो, “संसद् विघटन दलीय प्रणालीको विशेषता हो ? अनुशासन त्यही हो ? अनुशासन कसले मान्ने ? सबैभन्दा माथिकाले मान्ने हो नी ।” उहाँले थप्नुभयो, “आफू अनुशासन पालना नगर्ने, पार्टीलाई बेवास्ता गर्ने, लिखित सम्झौता पूरा नगर्न, अनि ठूला कुरा गरेर हुन्छ ?” उहाँले अहिलेको यो जीत जनताको जीत हो भन्नुभयो । सबै नेताको साथ पाएर आज यो ठाउँमा मुलुक आइपुगेको बताउनुभयो ।
नयाँ निरंकुशता लाद्ने प्रयास असफल भएको उल्लेख गर्दै उहाँले अहिलेको सरकार अदालतबाट नभई निर्वाचित सांसदको बहुमतले बनेको प्रष्ट्याउनुभयो । उहाँले अदालतले संविधानको व्याख्या मात्रै गरेको हो भन्नुभयो ।
संविधानको व्याख्या अदालतले गर्नुपर्ने अवस्था दलले नै सिर्जना गरेको दाबी उहाँले गर्नुभायो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)तर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “दुई÷दुईपटक अदालतमा जानुपर्ने स्थिति कसले सिर्जना गर्यो ?”
मुलुकलाई सङ्कटबाट बचाउन महत्वपूर्ण योगदान दिने पाँच राजनीतिक दललाई उहाँले धन्यवाद पनि दिनुभयो । उहाँले मुलुकलाई सही दिशामा लैजानका लागि प्रधानमन्त्री देउवालाई महत्वपूर्ण अवसर प्राप्त भएको भन्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend