Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई नेम्वाङको कटाक्ष : अदालतले प्रधानमन्त्री बनाइदिँदा जनतामाझ जान लाज भएको होला


    शुक्रबार, साउन ८ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गठबन्धनमा आवद्ध दल र सरकारमाथि कटाक्ष गरेका छन् । 

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले गठबन्धनसहित प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । 

    जनादेशबाट नभएर अदालतको परमादेशबाट प्रधानमन्त्री बन्दा देउवालाई जनतामाझ जान लाज भएको होला भन्दै नेम्वाङले कांग्रेसले अदालतको आदेश पालना गर्नु पर्दैन ? भन्दै प्रश्न गरे । 

    विश्वासको मत लिँदा कांग्रेसले आफ्ना सांसदहरुलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको भन्दै उनले यसलाई ह्वीपको रुपमा लिन मिल्दैन र ? भने । एमालेको माधवकुमार नेपालसहितका नेताहरुलाई लिएर गठबन्धन बनाइएकोप्रति पनि नेम्वाङले असन्तुष्टि जनाए ।

    एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु यो बेठीक हो, असंसदीय हो, संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘यी कम्युनिस्टहरु लोकतान्त्रक मूल्य मान्यता जान्दैनन् भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसैभित्र यो पर्छ ? त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार