Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियाे नेपाल-रावलबीचकाे खटपट, रावलले लिए राजीनामा फिर्ता


    शुक्रबार, साउन ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

    शुक्रबार सभामुख अग्नि सापकोटालाई भेटेर रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।

    आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । 

    रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।

    अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार