Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बुढालीकण्ठमा सुरु, के छ छलफलकाे एजेन्डा ?


    शुक्रबार, साउन ८ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु भएको छ ।

    बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन् ।

    आजकाे बैठक महाधिवेशन केन्द्रित रहेकाे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ । साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन ।

    आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार