Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पदबाट राजीनामा दिएका सिंहमाथि कारबाहीकाे माग गर्दै देउवा समक्ष उनकै जिल्लाका नेताहरूकाे पत्र


    शुक्रबार, साउन ८ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहकाे कारबाहीकाे माग गर्दै उनकै जिल्लाका काँग्रेस नेताहरुले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । 

    क्रियाशील सदस्यता विवाद भएकाे भन्दै सभापति देउवा समक्ष काँग्रेस सांसद सिंहले राजीनामा बुझाएका थिए तर उनकै जिल्लाका काँग्रेस नेताहरुले सिंहकै कारण पार्टी धरासायी बन्ने अवस्थामा पुगेको भन्दै उनीमाथि कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने धम्की दिएका छन् ।

    सर्लाही ४ का प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिंहले बुधबार देउवा समक्ष सांसद पदबाट राजीनामा बुझाएका थिए । यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन । उनले पार्टी ठेकादारको कब्जामा जान लागेको भन्दै राजीनामा दिएको बताउने गरेका छन् ।

    तर अवस्था सिंहले भने जस्तो छैन । उनीमाथि उल्टै कारबाही हुनुपर्ने सर्लाही काँग्रेसका नेताहरुको माग छ । प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, पार्टीका नेताहरुलगायत १२ जनाले सभापति देउवालाई पत्र लेखेर सिंहकै कारण पार्टी धरासायी बन्ने अवस्थामा पुगेको भन्दै उनीमाथि कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने धम्की दिएका छन् ।

    सिंह पार्टीका गतिविधिमा सहभागी नहुने, उल्टै पार्टीमा तानाशाही प्रवृति देखाउने जस्ता आरोप उनीहरुले लगाएका छन् । उनीहरुले सिंहले पार्टी कार्यालयमा केही कार्यकर्तालाई उक्साएर धर्ना बसालेकोसमेत आरोप लगाएका छन् ।

    काँग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता विवाद चुलिएको छ

    Congress-Gaun-Committe-429x650.jpgCongress-Sarlahi-1-1-487x650.jpgCongress-Sarlahi-2-487x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार