Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • नेपाल-रावल खटपटमा पुनर्मिलन, राजीनामा फिर्ताको तयारी


    शुक्रबार, साउन ८ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले राजीनामा फिर्ता लिने भएका छन्।

    रावलले साउन ३ गते प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनुअघि नेता माधवकुमार नेपालसँगको खटपटपछि पदबाट राजीनामाको घोषणा गरेका थिए। 

    नेता रावलनिकट स्रोतका अनुसार नेता रावलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालसँग भएको भेटवार्तापछि संसद सचिवालयमा बुझाएको राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्। 

    रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार