Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले भने – मैले माफी दिएँ, आउनुस् सबै मिलेर काम गराैं


    बिहिबार, साउन ७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई लक्षित गर्दै बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् ।

    बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले बाटो बिराएका, भड्किएका साथीहरु आउनुस् मैले माफी दिएँ भनेका छन् ।

    उनले अघि भने, ‘जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’

    ‘हामी हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ उनले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन ।’ अब हाामी एक हाैं,मिलेर काम गरौं उनले भने ।

    ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका थिए ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार