Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा गद्दारी हो – शंकर पोखरेल


    बिहिबार, साउन ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलेले विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा गद्दारी भएको बताएका छन् ।

    बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोख्रेलले अन्तर पार्टी संघर्षमा गुप्तरुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात र गद्दारी भएको बताएका हुन् ।

    उनले लेखेका छन् – ‘अन्तर पार्टी संघर्षमा गुप्तरुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो ।’

    नेकपा बरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदले साउन ३ गते नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए । यहि बिषयलाई लिएर नेता पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार