काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डलको भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ ।
गठबन्धनको सरकार भएकाले समर्थन गराएर मन्त्रीमण्डल विस्तार गर्न प्रधानमन्त्री देउवालाई गाह्रो परेकाे हाे ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीले रोजेको मन्त्रालय माग्दा शेरबहादुर देउवालाई अहिले गठबन्धनको सरकार नै भारी परेको छ ।
नेपाली कांग्रेस भित्र सन्तुलन मिलाउनु पर्नेछ भने समर्थन जनाएका पार्टीहरुलाई रोजे अनुसार मन्त्रालय दिँदा सरकारको काम द्रुस्त नहोला भन्ने चिन्तामा समेत छन् प्रधानमन्त्री देउवा ।
माओवादी केन्द्रले ६ मन्त्रालय सहित एक उपप्रधानमन्त्रीको माग गरिरहेको छ । अर्थ मन्त्रालय माओवादीलाई दिएका देउवाले थप ठूलो मन्त्रालय नदिने योजना बनाएका छन् तर माओवादी केन्द्रले परराष्ट्र मन्त्रालयको माग गरिरहेको छ । शेरबहादुर देउवा भने परराष्ट्र मन्त्रालय जसरी पनि कांग्रेसले नै पाउनु पर्ने अडानमा रहेका छन् । परराष्ट्र मन्त्रालयमा डा मिनेन्द्र रिजाललाई वा सुजाता कोईरालालाई ल्याउन सक्ने सम्भावना बढ्दो रहेको चर्चा छ ।
जसपाको पनि आफ्नै माग रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई खुलेरै भनेको छ, “माओवादी केन्द्रले जति वटा मन्त्रालय पाउँछ हामीले पनि त्यत्ति नै पाउनुपर्छ । हाम्रो जसपा फ़ुट्को अवस्थामा हुँदैहुँदै पूर्ण समर्थन गरेका छौं त्यसैले माओवादी केन्द्रको सरह पाउनुपर्छ ।”
जसपाले स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयको लागि जोड दिइरहेको छ । उपेन्द्र यादवले यी दुई मन्त्रालय संगै उपप्रधानमन्त्रीको माग गरिरहेका छन् । तर शेरबहादुर देउवा भने स्वास्थ्य मन्त्रालय भने कुनै हालतमा पनि अरुलाई नदिने मुडमा छन् । गगन थापा वा डा शशांक कोईरालालाई स्वास्थ्यमन्त्री बनाउने तयारीमा छन् देउवा ।
माओवादी केन्द्र र जसपालाई मिलाउने चटारो त छँदैछ, देउवालाई नेपाली कांग्रेस भित्र पनि शक्ति सन्तुलन मिलाउन जरुरी छ । कृष्ण प्रसाद सिटौला, राम चन्द्र पौडेलबाट एक एक जनालाई मन्त्री बनाउन पार्टी भित्र बाटै दबाब आइरहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend