काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी(जसपा) सहभागी हुने निर्णय भइसकेको छ । जसपाले ७ मन्त्री र एक राज्यमन्त्री मागेको छ । जसपा सरकारमा सहभागी हुने भएपछि उक्त पार्टीबाट मन्त्री हुनका लागि अध्यक्ष उपेन्द्र यादवकोमा धाउनेहरुको संख्या बढेको छ ।
सर्वोच्च अदालतले असार २८ मा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नदिएसम्म केपी शर्मा ओलीकै सरकार निरन्तर रहने अपेक्षा गरिरहेका जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद पनि मन्त्री हुनका लागि उपेन्द्र यादवकोमा धाउन थालेका छन् । त्यसरी धाउनेमा जसपाका शीर्षनेतामा पर्ने शरदसिंह भण्डारीदेखि ओली सरकारमा १८ दिने पर्यटन मन्त्री भएका उमाशंकर अरगरिया पनि छन् । भण्डारीले जसपाका अर्का नेता महेन्द्र रायमार्फत् मन्त्रीका लागि लबिईङ गरिरहेको स्रोतले बतायो ।
अरगरिया उपेन्द्र यादव नेतृत्वको पूर्व समाजवादी पार्टीबाट चुनाव जिते पनि मन्त्री हुन उनलाई धोका दिएर महन्थ राजेन्द्र महतो खेमामा लागेका थिए । उपेन्द्रको पार्टीबाट चुनाव जितेर उनलाई धोका दिएका उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रेणु गुरुङ पनि मन्त्री हुनका लागि उपेन्द्रकै शरणमा पुगेका छन् । यादवलाई धोका दिए पनि मन्त्री नभएका रुही नाज पनि उपेन्द्र यादवतिरै लागेकी छन् । कल्लुदेवी विश्वकर्मा पनि यादवतिरै लागेकी छन् ।
निर्वाचन आयोगमा जसपाको आधिकारिकताका बारेमा आइतबारबाट सुनुवाई भइरहेको छ । टाउको गन्ने(हेडकाउन्ट) गरेर जसपाको विवाद सल्टाउने निर्णय निर्वाचन आयोगले गरिसकेको छ । संसदीय दल र कार्यकारीणी समितिमा ठाकुर–महतो पक्षको ४० प्रतिशत नपुगेमा कारबाहीको डरले अरु धेरै सांसद यादवतिर लाग्ने संभावना बढेको छ ।
महन्थ ठाकुर नेतृत्वको राजपाबाट चुनाव जितेका र समानुपातिकमा परेका प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डलले यादवको साथ दिएर देउवालाई विश्वासको मत दिइसकेका छन् ।
राजपाबाट चुनाव जितेका भए पनि संकटमा आफूलाई साथ दिएका महेन्द्र राय यादवलाई उपेन्द्रले मन्त्रीमा छुटाउनै सक्ने अवस्था छैन ।
त्यसैगरी, केपी शर्मा ओलीले मन्त्रीदेखि सबै खाले प्रलोभन दिंदा पनि साथ दिएका सांसदहरु इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, प्रदीप यादव, रामबाबुकुमार यादव, रेणु यादव, डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, प्रमिला यादव लगायतलाई मन्त्री बनाउनैपर्ने बाध्यता उपेन्द्र यादवलाई छ ।
यसअघि ओली सरकारमा महिला, बालबालिका मन्त्री भएकी चन्दा चौधरी पनि मन्त्रीका लागि उपेन्द्र यादवको शरणमा पुगेकी छन् । उनले यादवदेखि नेपाली कांग्रेसका शीर्षनेतालाई भारतीय दूताबासबाटै फोन गराएर महिला मन्त्री बनाउनका लागि दबाब दिने कार्य जारी राखेको स्रोतले बताएको छ । चौधरीलाई भारतीय दूताबाससँग निकट मानिन्छ । सरिता गिरीपछि भारतको खुल्ला समर्थन गर्नेमा चौधरी पर्छिन् । नेपाल भारत महिला मैत्री समाज को संस्थापक अध्यक्ष भएकाले उनको संस्थालाई भारतीय दूताबासले बार्षिक २ करोड भन्दा बढी सहयोग दिने गरेको छ ।
नेपाल भारत महिला मैत्री समाजका नाममा लिएको सहयोगबाट चौधरीले ग्रामीण क्षेत्रका महिलाहरुमा जनचेतना जगाउने, सिमान्तकृत महिलालाई मूलधारमा ल्याउनका लागि क्षमता अभिबृद्धि जस्ता कार्यक्रमहरु गर्दै आइरहेकी छिन् । उनले महोत्तरी, सर्लाही, भक्तपुर र चितवनमा महिलाहरुलाई सिलाइकटाई सम्बन्धी तालिम र ब्यूटीसियन तालिम समेत दिने गरेकी छन् ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend