काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र घाउ खटिरा भए त्यसले पीडा दिने बताउँदै भएकाे कमीकमजोरी हटाएर पार्टीलाई शुद्धीकरण गरि नयाँ ढंगबाट अघि बढाउनु पर्ने बताएका छन् ।
बिहीबार बिहान नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै नेता नेपालले पार्टीलाई शुद्धीकरण गरि नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी अहिले आफूहरुको काँधमा रहेको बताएका हुन् ।
‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ । सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ। सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’
उनले अघि भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ । नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन । नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ । असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने ।’
गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए । उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ ।’
कम्युनिष्ट पार्टीमा नेता नभई नीति प्रधान हुने उनले बताए । उनले भने, ‘अहिले जुन बाँदर जुलुस लगायतका गतिविधि भैरहेको छ, यो अराजकता प्रस्तुत भैरहेको छ । यसले राम्रो गर्दैन । हामी अझै पनि एकताबद्व एमाले चाहिँ रहेका छौँ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend