Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस र नेकपाको सानो सोचले नेपाली राजनीति संकटमा धकेलियो : बाबुराम भट्टराई


    बिहिबार, साउन ७ २०७८
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस नेता स्वर्गीय बिपी कोइराला र मार्क्सवादका नेपाली सूत्रधार नेता पुष्पलालको सम्झना गरेका छन्।   

    बिहीबार सामाजिक संजालमार्फत् पूर्वप्रधानमन्त्री भट्टराईले बीपी र पुष्पलाललाई आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्वको रुपमा लिँदै स्मृतिदिवस (क्रमश: साउन ६ र ७ गते)मनाइरहॅदा उनीहरुको गुणगान मात्रै भएको तर त्यो अनुरुप कम नभएको उल्लेख गरेका छन्। 

    मुखले वहाॅहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र  स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति नै संकटमा परेको अध्यक्ष भट्टराईको भनाइ छ। 

    विशेषत: नेपाली कांग्रेस र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं भन्दै ट्वीटरमा आह्वान गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार