काठमाडौं। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै गठबन्धन यात्राको सहयोगी दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि उरन्ठ्याउलो बुद्धि भएको टिप्पणी गरेका छन्।
सामाजिक संजाल ट्वीटरमा कांग्रेस नेता पौडेलले नेपाली सामाज आस्थामाथि बाबुरामले गम्भीर आघात पुर्याउने कामसमेत गरेको दाबी गरेका छन् । उनले यस्तो उरन्ठ्याउलो बुद्धिले नेपाली समाज कही नपुग्ने तर्क गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ”हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन।’
हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन।
— Ram Chandra Paudel (@NcPaudel) July 21, 2021
यसअघि के भनेका थिए बाबुरामले?
बुधबार बिहान बकर इदको दिन बाबुरामले एक फोटो ट्वीटरमा शेयर गरेको फोटोमा योगी आदित्यनाथले नदीमा दुध अर्पण गरिरहेका छन् । क्यापसनमा भने दुध फाल्ने र गहुत खाने विश्वास डरलाग्दो हो भनी लेखिएको छ । यही क्याप्सनसहितकको फोटो आफ्नो भारतीय समकक्षीबाट सर्कुलेट भएको उल्लेख गर्दै बाबुरामले ट्वीट गरेका थिए ।
( Circulated by my classmates in India) pic.twitter.com/cJLDuANLDd
— Baburam Bhattarai (@brb1954) July 21, 2021
यस्तै बाबुरामको ट्वीटलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले कहाली लाग्दो प्रश्न गरेका छन्। भट्टराईलाई तत्कालीन जनयुद्दको झल्को आउने गरेर राप्रपा अध्यक्ष थापाले सामाजिक संजालमा सो प्रश्न गरेका हुन्।
थापाले प्रश्नमा सोधेका छन्,’ योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर, तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको र जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?
(Circulated by @CltrShift)योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको,मान्छेको लास बगाएको,जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??
PS. Don’t try to play with fire my dear classmate @brb1954
and don’t equate ‘faith’ with religion. https://t.co/ZLvOZEtCZb— Kamal Thapa (@KTnepal) July 21, 2021
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend