Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइटी आर्मीको घोषणाले एमालेमा विवाद, बस्नेत र साहबीच बढ्यो टकराव


    बुधबार, साउन ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहले ‘आइटी आर्मी’ को घोषणा गरेसँगै एमालेमा हलचल मच्चिएको छ ।

    सुचना प्रविधि मार्फत नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ मंगलबार स्वतन्त्र युवाहरुको प्रयासमा आइटी.आर्मी नामको एक संगठन निर्माण भएपछि एमालेमा ‘साइबर सेना’ रहेकाे भन्दै आइटी आर्मीको स्थापनाले हलचल मच्चिएको हो ।

    सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको प्रभु साहले बताएका छन् ।

    मंगलबार  भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममार्फत चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दै आइटी आर्मी संगठनको घोषणा गरिएको थियो । 

    तर, आइटी आर्मीको घोषणा गरिँदा च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । सो बैठकमा आइटी आर्मीबारे नेताहरुले सोधखोज पनि गरेका थिए । 

    टोपबहादुर रायमाझी, लेखराज भट्टसहित पूर्वमाओवादी नेताहरूको सहभागितामा गरिएको आइटी आर्मीको घोषणाले एमालेमा विवाद हुन सुरु गरेको नेताहरुको भनाइ छ । 

    महेश बस्नेतको नेतृत्वमा ‘साइबर सेना’ परिचालन गरेको भन्दै एमाले आलोचित भएका बेला औपचारिक रुपमै आइटी आर्मी संगठन घोषणा गर्नु गलत रहेको एमालेकै नेताहरुले बताउन थालेका छन् । 

    आइटी आर्मी घोषणा गर्दा साहले एमालेका अन्य नेताहरुलाई निम्तो दिएका भए पनि सहभागी नभएको बताइएको छ । सो कार्यक्रममा महेश बस्नेतलाई पनि डाकिएको थियो । तर, उनले बहिस्कार गरेको बुझिएको छ । 

    साहले आइटी आर्मी घोषणा गरेपछि महेश बस्नेत चिढिएका बताइएको छ । यता आफ्नो निमन्त्रणा अस्वीकार गरेकोमा बस्नेतदेखि साह पनि चिढिएका छन् ।

    तर, यसबारे औपचारिक रुपमा बस्नेत र साहले केही बताएका भने छैनन् । उनीहरुनिकट नेताहरुका अनुसार आइटी आर्मी घोषणले एमालेभित्र विवाद भएको र बस्नेतले पनि असन्तुष्टि जनाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार