Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र ठाकुरबीच बालुवाटारमा भेटवार्ता, के बिषयमा भयाे छलफल ?


    बुधबार, साउन ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । 

    आज बिहान बालुवाटारमा भएकाे भेटवार्तामा जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिएका छन् ।

    जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ ।

    देउवाले आफ्ना माग पुरा गर्दिने प्रतिवद्धता गरेपछि ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार