काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताएका छन् ।
आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो । विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ । विविध जातजाति, भाषा, धर्म, संस्कृतिका नेपालीहरुको आ–आफ्नै मौलिक पर्वहरु छन् । यसमध्ये मुस्लिम समुदायले मनाउने एउटा महत्वपूर्ण पर्व बकर इद हो । मुस्लिम महिना ‘जुल हिज्जा’ को दशौँ दिन बकर इद मनाइँदै आएको छ । तीन दिनसम्म मनाइने यस पर्वलाई बलिदानी पर्वका रूपमा पनि लिइन्छ । यस पर्वको अवसरमा मस्जिदमा भेला भई नमाज पढ्ने, आ–आफ्नो घरमा बलि दिने र एक–अर्कामा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।
सन्देशमार्फत पौडेलले कोरोना महामारीका कारण यस वर्षको बकर इद स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै मनाउनुपर्ने अवस्था रहेकाले भौतिक दूरीसहित स्वास्थ्य सावधानीका निर्धारित मापदण्डको पालना गर्दै नमाज पढ्न र शुभकामना आदानप्रदान गरी पर्व मनाउन अनुरोध गरेका छन् । “बकर इदले हामी सबैलाई जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा सिर्जनशील भई सकारात्मक योगदान पु¥याउन थप प्रेरणा दिनेछ भन्ने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमार्फत पौडेलले भनेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend