Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय कमिटीको बैठक आज पनि, नेपाल पक्षले मागेको ओलीको राजिनामाबारे छलफल


    बुधबार, साउन ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।

    बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा अपरान्ह ३ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुरले तामाङले जानकारी दिए  । 
    बैठक हिजो (मंगलबार) बसेको थियो।

    हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशन दिएको छ।

    यस्तै, मंगलबारको बैठकमा  सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए। पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा पर्ने प्रभावबारे समेत बैठकमा छलफल भएको थियो ।

    यसैगरी, हिजो साँझ बसेको नेपाल पक्षको छुट्टै बैठकले सकेसम्म पार्टी एकतामै जोड दिने तर नसकिने अवस्थामा विकल्प खोज्ने निर्णय गरेको र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग पनि नेपाल पक्षले राखेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार