काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली जे भन्छन्, त्यो गर्दैनन्, जे गर्छन् त्यो भन्दैनन् । ३ बर्ष ४ महिना उनको प्रधानमन्त्रीत्वकालमा उनी राजनीतिमा धोकाधडीको पर्यायका रुपमा चिनिए । सर्वोच्च अदालतले असार २८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश कार्यान्वयन गर्न राष्ट्रपति विद्या भण्डारी बाध्य भइन् । सपथ ग्रहणमा उनले देखाएको ब्यवहारले राष्ट्रपति पदकै गरिमामाथि ठेस पुग्यो ।
देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि उनलाई विश्वासको मत नदिएर अदालतलाई सबक सिकाउन ओलीले बालकोटमा जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग मिलेर बनाएको ग्य्रान्ड डिजाइन पनि एमालेका बरिष्ठ नेता माधव नेपालले समयमै थाहा पाएर असफल पारिदिएको खुलासा भएको छ । ओली–ठाकृर–महतो डिजाइन देउवालाई विश्वासको मतमा फेल गराउने र अदालतलाई सन्देश दिने थियो । तर त्यो डिजाइन समयमै नेता नेपालले थाहा पाएकाले असफल हुन पुगेको छ । समयमै ओली–ठाकुर डिजाइन थाहा पाएर त्यही अनुरुप एमालेका २२ सांसदले मत दिएपछि देउवाले आइतबार प्रचण्ड बहुमतसहित विश्वासको मत पाएका छन् ।
देउवालाई असफल पारेर सर्वाेच्च अदालतलाई सन्देश दिने बालकोटको योजना असफल कसरी भयो त ? साउन ३ गते बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेता महन्थ ठाकुर तथा राजेन्द्र महतोले विश्वासको मत असफल पार्ने योजना बनाएका थिए । तर त्यो योजना समयमै थाहा पाएर एमाले बरिष्ठ नेता माधवकुमार नेपालले चुकनाचुर बनाइदिएका छन् ।
सर्वाेच्च अदालतको आदेशअनुसार ३ साउनमा विघटित प्रतिनिधिसभाको बैठक बस्दै थियो । बैठक बस्ने ठिक एक दिनअघि बानेश्वरमा पाँच दलीय गठबन्धनका शीर्षनेताबीच गोप्य बैठक बस्यो । त्यो बैठकले पहिलो दिन नै विश्वासको मत लिने निर्णय गर्यो ।
पहिलो दिन नै विश्वासको मत लिने पाँच दलका शीर्षनेताको गोप्य सूचना एमाले अध्यक्ष ओलीले ३ गते बिहानै पाए । लगतै आफैसँग सत्ता साझेदार गरेका जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई बालकोटमा बोलाए । ओलीको बोलावटपछि पाएपछि ठाकुर र महतोसहितका जसपा नेताहरु बालकोट पुगे । बालकोटमा बन्यो विश्वासको मत असफल पार्ने असफल योजना ।
वालकोटमा ओली, ठाकुर र महतोसहितका नेताहरुले योजना बनाइरहेका बेला नेपाली कांग्रेसले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेको थियो । प्रस्ताव दर्ता भएपछि देउवाले आजै विश्वासको मत लिनेमा ओली–ठाकुर ढुक्क भए । त्यसपछि बालकोटमा योजना बन्यो महन्थ राजेन्द्र पक्षले विश्वासको मत दिने घोषणा गर्ने तर नदिने ।
महन्थ ठाकुर पक्षले विश्वासको मत दिए देउवालाई प्रधानमन्त्री बन्न एमालेको मत आवश्यक थिएन । नेपाल पक्षलाई यही बहानामा रोक्ने र संसदबाट बाहिर पठाउने योजना थियो । नेपाल पक्षधर सांसदहरुले संसद पनि बचाउने र एमाले एकता पनि जोगाउने बताउँदै आएका थिए । ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने घोषणा गरेलगतै वरिष्ठ नेता नेपालमाथि उनकै समूहले दबाब बढायो । तर बालकोटको रणनीति नेता नेपालले थाहा पाइहाले । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई म्यासेज पनि गरिसकेका थिए । उनले आफ्नो समूहका कुनै पनि नेता र सांसदलाई बताएनन् ।
ठाकुर पक्षले विश्वासको मत दिने भएपछि नेपाललाई रोक्न दुवै पक्षका नेताहरु सक्रिय भए । सवैभन्दा नजिकका विश्वासपात्र भीमबहादुर रावलसँग नेपालको ठाकठुक नै पर्यो । त्यही आवेगमा रावलले सांसद पदबाट राजीनामासमेत दिए ।
उता बालकोटबाट फर्केपछि जसपाओ महन्थ–राजेन्द्र समूहको बैठक बस्यो । बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गर्यो । तर आफ्ना सवै सांसदलाई एमालेको माधव नेपाल समूहले देउवालाई मत नदिँदासम्म आ–आफ्नै स्थानमा बस्ने, नेपाल समूहले नदिए तटस्थ बस्ने र विश्वासको मत तुहाउने । नेपाल समूहले दिए आफूहरुले पनि दिने निर्देशन सांसदहरुलाई दिइयो । त्यही निर्देशनअनुसार जसपा सांसदहरु अन्तिम समयसम्म आ–आफ्नै स्थानमा बसिरहेका थिए । जसपाका सांसदतिर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेरिरहेका थिए ।
महन्थ कार्ड खेलेर ओलीले नेपाल पक्षका ८ सांसदलाई संसदबाट बाहिर पनि पठाए । तर ओलीको चाल बुझेका नेपालले संसदको पछिल्लो रोहमा बसेर अदालतको सम्मान र संसद जोगाए । नेता नेपाल नै विश्वासको मत दिने स्थलमा पुगेपछि ओलीको योजना तुहियो । नेता नेपालसहितका २२ सांसदले विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि विश्वासको मत दिन लाइन लागेको थियो ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend