Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा


    मंगलबार, साउन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् । 

    बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगेको स्राेतले बताएकाे छ ।

    अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

    प्रचण्ड पत्नी सीता दाहाल पार्किन्सन् रोगका कारण लामो समयदेखि अस्वस्थ छिन । ।

    यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।

    भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको बुझिएको छ । मन्त्रिमण्डल विस्तारमा पनि नेता दाहाल र देउवा छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार