Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसबाट मन्त्री बन्न क- कस्काे दाबी ? यस्तो छ लिस्ट


    मंगलबार, साउन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएर कांग्रेसको सरकार बने संगै कांग्रेसका सांसदहरु अहिले मन्त्री बन्न सक्रिय भएका छन् ।

    प्रधानमन्त्री देउवाले आफू निकट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् । 

    कांग्रेस संस्थापन इतर समूहका प्रकाशमान सिंह र सुजाता कोईरालाले सरकारमा सहभागी हुन चाहेको निकट श्रोतको दाबी छ । सुजाता कोईरालाले उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीको चाहना राखेको बताईएको छ ।  प्रकाशमान र सुजाता कोईराला पहिला नै उपप्रधानमन्त्री भएका कारण उपप्रधान पाए मात्र सहभागी हुने भएका छन् ।

    सांसद नारायण खड्का र पुष्पा भुसालको नाम पनि प्रधानमन्त्री देउवाले लिस्टमा राखेका छन् । देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक बनाउने तयारी गरिरहेका छन् ।

    डा मिनेन्द्र रिजाललाई परराष्ट्र मन्त्री बनाउने मुडमा प्रधानमन्त्री देउवा रहेका छन् । परराष्ट्र मन्त्रालय माथि जसपाका अध्यक्ष उपेन्द्र यादवको समेत दाबी रहेकाे बुझिएकाे छ ।

    स्वास्थ्य मन्त्रालयमा गगन थापालाई ल्याउने सभावना बढी छ तर डा शशांक कोइरालाले उपप्रधान सहित उक्त मन्त्रालय मागेको कारण शेरबहादुर देउवाले गगन थापालाई सूचना तथा संचार मन्त्रालय दिने तयार गरेकाे स्राेतकाे दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार