Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तपाईंले गर्नु भएकाे प्रतिवद्धता कार्यान्वयन गर्ने दिन आयाे प्रधानमन्त्री ज्यू- ठाकुर पक्ष


    मंगलबार, साउन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले आग्रह गरेको छ ।

    रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रधानमन्त्री देउवाले प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको भन्दै जसपाले अब ती प्रतिवद्धता कार्यान्वयन गर्न समय आएकाे बताएकाे छ ।

    ‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो,’ जसपाले आज जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । 

    यस्तै, विज्ञप्तिमा ज जसपाले संविधान संशोधनको विषय पनि उठाएको छ ।

    साथै जसपाले कोरोना महामारीमा परेका आर्थिक अवस्था कमजोर भएकालाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ । बाढीपहिरोमा परेकाहरूलाई सहयोग गर्न पनि जसपाको माग छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार