Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीमा ५ औं पटक देउवाको सत्तारोहण : एमाले नेता रिजालले पल्टाए अघिल्ला चार पटकका इतिहास !


    मंगलबार, साउन ५ २०७८
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवा पांचौं पटक प्रधानमन्त्री भएकोमा आपत्ति जनाएका छन्। 

    नेता रिजालले यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवा पांचौं पटक प्रधानमन्त्रीमा पुन नियुक्त भएसँगै आपत्ति जनाएका हुन्।  

    सामाजिक संजालमा नेता रिजालले लेखेका छन्, ‘शेरबहादुर देउवा ४ पटक प्रधानमन्त्री हुँदा देश र कांग्रेस दुबैलाई फाइदा भएको इतिहास छैन ।
    १. ०५२ मा माओवादी हिंसा सुरु भयो ।
    २. ०५९ मा कांग्रेस फुट्यो, प्रतिगमन भयो 
    ३.  ०६१ मा प्रजातन्त्र समाप्त भयो । 
    ४. ०७४ मा कांग्रेस पराजित भयो । 
    हेरौं- पाचौं पटकमा के हुने हो !’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार