काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल बिना नै जितको सम्भव हुने कल्पना गरेका छन्।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संचारमन्त्री समेत भएका एमाले नेता बाँस्कोटा ७० करोड अडियो रेकर्ड काण्डमा मुछिएर विवादमा आएका थिए । अध्यक्ष ओलीनिकट रहेका बाँस्कोटाले पछिल्लो समय नेपाल र नेपाल पक्षका नेताहरुमाथि आलोचना गर्दै आएका छन् ।
यसैबीच, गत आइतबार संसदमा कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै बाँस्कोटाले आगामी दिनमा नेपाललाई पार्टीमा सँगै हिडाउन नसकिने उल्लेख गरेका हुन्।
सामाजिक संजालमा नेता बाँस्कोटाले लेखेका छन्, ‘ अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै । माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।’
एमालेको सृष्टिकर्ता मानिने बरिष्ठ नेता नेपालमाथि बाँस्कोटाको यस्तो टिप्पणीको सामाजिक संजालमा सर्बत्र बिरोध हुँदै आएको छ।
अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।शुभरात्री !!!
— Gokul Prasad Baskota (@GokulPBaskota) July 19, 2021
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend