Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको नेपाल पक्ष आन्तरीक छलफलमा, ओलीले सोधेको स्पष्टीकरणबारे निर्णय गर्ने


    सोमबार, साउन ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरीक छलफलमा जुटेका छन् । 

    स्राेतका अनुसार डल्लुमा नेपाल पक्षका नेताहरूकाे बैठक चलिरहेको छ ।

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपाल सहित २२ जनाले सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

    ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार