Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘बदमासी गर्नेहरूलाई कारबाही नगरे एकदिन पार्टी सिद्धिन्छ’- ओली


    सोमबार, साउन ४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बदमासी गर्दै हिँड्नेहरूलाई कारबाही नगरे एकदिन पार्टी सिद्धिने बताएका छन् । 

    सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले पार्टीको निर्णय अटेरी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिनेहरूमा नैतिकता नभएको पनि बताए । 

    बदमासी गर्दै हिँड्नेहरूलाई कारबाही गर्न पर्ने बताउदै अध्यक्ष ओलीले अर्को पार्टीका व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीका लागि लाजमर्दो विषय भएको बताए । अध्यक्ष ओलीले माधव नेपाललाई गद्दार भएको आरोप लगाउँदै अब एमालेमा उनको लागि कुनै ठाउँ नभएको पनि बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार