काठमाडौं । सोमबार ललितपुरको च्यासलमा बसेकाे नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठकमा बाेल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले हतारमा राजीनामा दिएको भन्दै ओलीले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।
सल्लाह गर्नुपर्याे नि हतारिएर किन राजीनामा दिएको ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने ।
‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।