Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समूहलाई सूर्य थापाकाे कटाक्ष- सूर्यबाट जित्ने, रुखमा भोट हाल्ने हरामीहरू


    सोमबार, साउन ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल समूहलाई हरामी भनेका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत थापाले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा सरकारलाई पार्टीको निर्णय विपरीत विश्वासकाे मत दिएकाे भन्दै हरामी भनेका हुन् ।

    उनले सूर्यबाट जित्ने, रुखमा भोट हाल्ने बिकाउ हरामी भन्दै माधव समूहका नेताहरुको नाम लिएका छन् । उनले  तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन् । 

    हेरौ त तमासा भन्दै उनले आइतबार मध्यरात  शेर बहादुर देउवा नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गरेको बताएका छन् । 

    उनले भने – ‘२०७८साउन३काे मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल ग-याे। काङ्ग्रेस६१, माके४९,जसपा३२,हरामी गुट२२ र राष्ट्रिय जनमेर्चा १=१६५ विपक्षमा एमाले ८३, विरामी १०। फ्लाेरक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ !  हेराैं त तमासा !’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार