Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकताको लागि प्रयत्न गरिरहेका छौँ, धैर्यता नगुमाउनु- गोकर्ण विष्ट


    सोमबार, साउन ४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकताका लागि धैर्यता नगुमाउन आग्रह गरेका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता विष्टले पार्टी एकताको लागि प्रयत्न कायम रहेको बताउँदै धैर्यता नगुमाउन आग्रह गरेका हुन् ।

    उनले अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि प्रयत्न कायम रहेको बताएका छन् ।

    उनले भने – ‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । ‘

    पार्टी पंक्तिले एकता चाहेको बताउदै उनले भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने दृढ प्रयत्नले अवश्य पनि सफलता पाउने बताएका छन् । 

    उनले भने – ‘पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ ।’

    आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २४ सांसदले विश्वासको मत दिएपछि पार्टी विवाद थपिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार