Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्ततः भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो : बाबुराम भट्टराई


    सोमबार, साउन ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईले प्रतिनिधिसभाको पूर्ण कार्यकाल सुनिश्चित भएसँगै पर्दा पछाडिका खेलाडीहरुको खेलमा  पूर्णविराम लागेको बताएका छन्। 

    आइतबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएसँगै संसदको आयु जोगिएको उनको भनाइ छ।

    अध्यक्ष भट्टराईले आइतबारको मतदानसँगै १२ बुँदे समझदारी र शान्तिसम्झौताका सहकर्मीबीच टुटेको कडी जोडिएको समेत उल्लेख गरेका छन् । पर्दा पछाडिका खेलाडीहरुको खेल तत्काललाई विराम लागे पनि सचेत रहनु पर्ने उनले बताएका छन्।

    सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै डा. भट्टराईले लेखेका छन्, ‘अन्ततः भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो। नेकपाको दुई तिहाई बहुमत कांग्रेस गठबन्धनमा सर्‍यो।’

    भट्टराईले निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको उपमा दिँदै आएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार