Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘लोकतन्त्रको विजय भयो’


    सोमबार, साउन ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आइतबार सम्पन्न मत परिणामले  संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । 

    प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । उनले भने, ‘संविधानको पक्षमा दलहरूले अभिमत दिएका छन् ।’
     
    यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे ।

    त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार