Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • विश्वासको मत पाउनसाथ देउवालाई मोदीको बधाई


    सोमबार, साउन ४ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदमा विश्वाशको मत लिनासाथ प्रधानमन्त्री शेरवहादुर देउवालाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

    मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् ।

    मोदीले सबै क्षेत्रहरुमा सहकार्य र साझेदारीको अपेक्षा गर्दै  जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।

    देउवाले आइतबार संसदमा विश्वासको पक्षमा १६५ मत प्राप्त गरेका थिए। विपक्षमा ८३ र मत दिन्नमा १ मत परेको थियो । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार